Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

खुलेका विद्यालयमा कोर्स सकाउनुपर्ने चिन्ता  

सोमबार, ३० कार्तिक २०७२

काठमाडौं, ३० कात्तिक  । इन्धन अभाव र दसैंतिहार बिदाका कारण बन्द भएकामध्ये केही निजी र सरकारी शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । तर खुलेका विद्यालयहरुमा कोर्स सक्नुपर्ने चिन्ता देखिएको छ। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अनुसार आइतबार उपत्यकाका ४० प्रतिशत विद्यालय खुलेका छन् ।  बाँकी विद्यालय छठ पर्वपछिमात्र खुल्ने सञ्चालकहरुले बताएका छन् ।

दसैं तिहारको बिदापछि विद्यालय खुलेपछि कोर्स सक्न कठिनाइ हुने शिक्षकहरुले बताएका छन् र इन्धन अभावका कारण टाढाबाट सवारी साधनमा आउने विद्यार्थीलाई विद्यालयसम्म ल्याउन नसक्दा दसैं विदा भन्दा अघि नै विद्यालय विदा गरिएको थियो ।

विद्यालय सञ्चालन गरिएपछि सबै विद्यार्थी विद्यालयमा आउन नसकेको विद्यालय प्रशासनले जनाएको  छ ।  अहिलेको अवस्था कायमै रहे विद्यालय खुलेपनि कोर्स नसकिने भन्दै व्याप्सनले आन्दोलन सामान्य भए शनिबार र बिदाका दिनमा पढाएरै भएपनि कोर्स सक्ने योजना बनाएको बताएको छ ।

(आजको अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया