Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

कक्षा ९ मा अध्ययरत छात्राको माग : एसिड हान्नेलाई फाँसी

शुक्रबार, ०८ कार्तिक २०७६

काठमाडौं - एसिड आक्रमणमा परेर उपचार गराईरहेकी कक्षा ९ मा अध्ययरत वीरगञ्जकी छात्रा मुस्कान खातुन अन्सारीले एसिड हान्नेलाई फाँसीको माग गरेकी छन् । कीर्तिपुर स्थित अस्पतालमा उपचाररत अन्सारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै आफूमाथि एसिड हान्नेलाई फाँसीको माग गरेकी हुन् । उनलाई विद्यालय जाने क्रममा गत भदौ २० गते माजिद मियाँ र सम्साद मियाँले एसिड हानेका थिए । ती दुवैजना माथि ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गरे जिल्ला अदालतले दुबै नाबालिग भने पछि सुधार गृहमा पठाइएको छ ।

त्यस प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा अन्सारीले लेखेकी छन् – 'प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।'

यस अघिका एसिड आक्रमणकारीका विरुद्ध कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला भन्दै उनले लेखेकी छन् 'पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला ।' 

उनी माथि भएको बर्वर कृत्ष्को राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा तिव्र आलोचना भईरहेको छ । 

उनले हातले लेखेको पत्रमा लेखिएको विवरण जस्ताको त्यस्तै :

मिति २०७६ / ७ / ५

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यस पाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा  खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा  कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद

प्रतिक्रिया