Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

छापामा शिक्षा : विद्यालयको बार्दली भाँचियो ४२ विद्यार्थी घाईते

विहीबार, ०७ कार्तिक २०७६

काठमाडौं ७ कात्तिक / तारकेश्वर–३ स्थित विद्याकुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कुलको बार्दली खस्दा ४२ विद्यार्थी घाईते भएको खबर आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाले समेटेका छन् । विद्यालयमा भएको खलकुद  प्रतियोगिता हेर्न जम्मा भएका विद्यार्थीको भार थेग्न नसकेर बादैलि भाँचिएको प्रकरहीलाई उदृत गर्दै नेपाल समाचारपत्रले छापेको छ । घाईते मध्ये ६ देखि १२ बर्षका रहेका खबरमा उल्लेख छ । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अन्नपूर्ण पोष्टले प्रकाशित गरेको छ । नयाँ पत्रिकाले स्कुलको ट्रस भाँचिँदा २२ विद्यार्थी घाइते  नयाँ पत्रिकाले छापेको छ । उक्त खबर अनुसार १९ जना उपचारपछि घर फर्किएका छन् भने तीनको उपचार भइरहेको छ । 

घाइते भएका ४२ जनामध्ये सुबिना लामाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन। उनको बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको सघन उपचार कक्ष (आइसीयूमा) उपचार भइरहेको छ।

बार्दलीमा बसेर विद्यालयको खेलकुद प्रतियोगिता हेरिरहेकी लामाको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ। 

त्यस्तै अर्की घाइते सञ्जु थिङ्ग अस्पतालको जनरल वार्डमा उपचाररत छन्। उनको हात र चिउँडोमा चोट लागेको छ। सामान्य घाइते अवस्थामा उपचारका लागि आएका अन्य विद्यार्थी भने स्वास्थ्य उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया