Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पूर्व-विद्यार्थीबाट पोशाक वितरण  

आइतबार, २९ कार्तिक २०७२

चितवन, २९ कात्तिक । पश्चिम चितवनको दिव्यनगरमा रहेको श्री युवा माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई सोही विद्यालयका पूर्व विद्यार्थी इञ्जिनियर गणेश अधिकारीले पोसाक वितरण गरेका छन् । 

हाल अस्ट्रेलियाको डार्बिनमा सरकारी इञ्जिनियरका रूपमा कार्यरत अधिकारीले दसैँ तिहार बिदामा यहाँ आएका बेला सो सहयोग गरेका हुन् ।  अधिकारीले रु २३ हजार ५०० सहयोग गरेको बताउनुभयो । अधिकारी सोही विद्यालयको दोस्रो ब्याचका विद्यार्थी थिए । 

नेपाली समुदाय डार्बिनका अध्यक्षसमेत रहनुभएका अधिकारीको नेतृत्वमा संस्थाका तर्फबाट नेपालमा गत वैशाख १२ गतेको भूकम्पबाट प्रभावितका लागि एक लाख अस्ट्रेलियन डलर सङ्कलन गरी ८५ हजार डलर एनआरएन अस्ट्रेलियामार्फत पठाइसकेको र बाँकी सङ्कलित सामग्री पठाउने तयारीमा रहेको उनले बताए । 

सो संस्थाले आपत् परेका नेपालीलाई समय समयमा सहयोग गर्दै आएको छ । 

(रासस) 

 

प्रतिक्रिया