काठमाडौं २५ असोज / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामुदायिक विद्यालयहरूलाई मनपरी अनुमति प्रदान गर्दै आएको पाइएको छ । अधिकांश एउटै पालिकामा एउटै प्राविधिक धारका विषय दोहो¥याएर अनुमति दिइने गरेको पाइएको हो । परिषद्का सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा महाशाखा प्रमुख रामहरि देवकोटाका अनुसार अहिलेसम्म ६१२ वटा सामुदायिक विद्यालयले प्राविधिक शिक्षा अध्यापनका लागि अनुमति पाएका छन् । महाशाखा प्रमुख देवकोटाले भने, ‘अहिलेसम्म ६१२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पुग्यो । सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य छ । ’
मुख्यतः कृषि, सिभील इन्जिनियरिङ, फरेस्ट्रीलगायतका विषय एउटै पालिकामा दोहोरिएका छन् । परिषद्ले एउटै पालिकामा चारवटा सामुदायिक विद्यालयमा कार्यक्रम दोहोरिने गरी हचुवाको भरमा अनुमति दिएको देखिएको छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम (टीईसीएस)को सम्बन्धन दिँदा भौगोलिक क्षेत्र, आवश्यकता तथा गुणस्तरीयता सुनिश्चित गरी एक स्थानीय तहमा कार्यक्रम नदोहोरिने भनिएको छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन ।
यसैबीच, प्राविधिक शिक्षामा मनपरी शुल्क लिने क्रम बढेको छ । प्राविधिक शिक्षा शुल्क निर्धारण सम्बन्धमा शुल्क निर्धारण सिफारिस समितिले परिषद्समक्ष प्रतिवेदन पेस गरे पनि अहिलेसम्म सो प्रतिवेदन गुपचुप राखिएको छ ।
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा महाशाखा प्रमुख रामहरि देवकोटाको नेतृत्वमा समिति बनेको थियो । तर, समितिले पेस गरेको प्रतिवेदन अझैसम्म सार्वजनिक नहुँदा मनपरी शुल्क लिने क्रम रोकिएको छैन । केही सामुदायिक विद्यालयले प्राविधिक धारमा बढी शुल्क असुलेर साधारणतर्फका शिक्षकलाई तलब शीर्षकमा खर्चिने गरेका छन् ।
प्राविधिक शिक्षा सञ्चालनका लागि प्रशिक्षकहरू पूर्णकालीन आवश्यक पर्ने र सोका लागि रकम खर्चिलो हुने भएकाले पनि प्राविधिक शिक्षा महँगो भएको परिषद्का पदाधिकारीहरू बताउँछन् । सरकारले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षका लागि परिषद्अन्तर्गत ६ अर्ब ६४ करोड रुपैंया बजेट विनियोजन गरिएको छ । परिषद्बाट हालसम्म २ लाख ५६ हजार ८१४ जना जनशक्ति उत्पादन भएका छन् । जसअन्तर्गत प्राविधिक एसईईतर्फ १ लाख ९७ हजार ७२८ र डिप्लोमा तहतर्फ ५९ हजार ८६ जना जनशक्ति उत्पादन भएका छन् ।
हाल परिषद्अन्तर्गत ४५ वटा आंगिक शिक्षालय र ३९७ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ६ वटा साझेदारीमा सञ्चालित शिक्षालय र ४२९ वटा निजी शिक्षालय छन् । परिषद्का अनुसार २०७५/७६ मा विद्यार्थी भर्ना क्षमता ६२ हजार १५ जना थियो । परिषद््ले तीन वर्षे डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसईई गरी दुई किसिमका लामो अवधिका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राजधाीमा प्रशान्त वलीले लेखेका छन् ।
प्रतिक्रिया