Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

प्रवासी नेपालीद्धारा विद्यालयलाई पाँच लाख सहयोग

शनिबार, २८ कार्तिक २०७२

काठमाडौँ, २८ कात्तिक । बेल्जियममा बस्दै आएका बागलुङवासीले बागलुङको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् । 

काँडेबास–९ स्थित जनजागृति उच्च माध्यमिक विद्यालयलाई बागलुङ समाज बेल्जियमले पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणका लागि रु पाँच लाख सहयोग प्रदान गरेको विद्यालयका प्राचार्य तेजिन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । 

सो समाजका सचिव तथा भूतपूर्व विद्यार्थी माधव सापकोटाको पहलमा हाल रोजगारी सिलसिलामा बेल्जियममा रहेका बागलुङवासी नेपालीबाट सहयोग रकम सङ्कलन गरिएको हो ।  सहयोग रकमले विद्यालयको शैक्षिक उन्नयनका लागि ठूलो टेवा पुग्ने विश्वास पनि उनले व्यक्त गरेका थिए । 

 

(रासस) 

 

प्रतिक्रिया