Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बैतडीमा विद्यालय सञ्चालन गर्न देउसी-भैलो  

शुक्रबार, २७ कार्तिक २०७२

बैतडी, २७ कात्तिक । बैतडीमा विद्यालय सञ्चालनका लागि शिक्षक, विद्यार्थी र अभिभावक मिलेर देउसी खेल्दै रकम सङ्कलन गरिरहेका छन् ।  जिल्लाको महारुद्र गाविसस्थित जगदम्बा उच्च माविका शिक्षक, विद्यार्थी र अभिभावक मिलेर गाउँमा देउसी खेलेर रकम सङ्कलन गरिरहेका उक्त विद्यालयका शिक्षक वीरेन्द्र भट्टले जानकारी दिए । 

“देउसी खेलेर सङ्कलन भएको पैंसोले विद्यालय सञ्चालन गर्न खर्च गरिनेछ” उनले भने ।   सोमबारदेखि खेल्न सुरु गरिएको देउसीबाट आजसम्म ६६ हजार ४३२ रुपैयाँ सङ्कलन भइसकेको छ। एकाउन्न जनाको समूह बनाई देउसी खेलिरहेको र शनिबारसम्म खेलिने शिक्षक भट्टले बताए । 

(रासस)

 

प्रतिक्रिया