Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

प्राविधिक विश्वविद्यालय विधेयक प्रदेशसभाद्वारा पारित

सोमबार, ०६ असोज २०७६

विराटनगर - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध जारी रहे पनि प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिएका थिए । मन्त्री घिमिरेले पेश गरेको विधेयक प्रदेशसभाले बहुमतबाट पारित गरेको छ

कांग्रेसको विरोधकै बिचमा सामाजिक विकास समितिको प्रतिवेदन सहित उक्त विधेयक आइतबार प्रदेश सभामा पेश भएको थियो ।

विधेयकमा व्यवस्था गरिएको बोर्ड अफ गभनर्सको व्यवस्था हटाउनु पर्ने, शिक्षालयको साटो महाविद्यालय राख्नुपर्ने, मनमोहन पोलिटेक्निकका सञ्चालकलाई संरक्षण समितिको आजीवन सदस्य रहने व्यवस्था प्रति काँग्रेसको असहमती थियो । विधेयकको प्रस्तावनामा इञ्जिनियरिङ, विज्ञान तथा प्रविधि मात्रै राखिनु पर्ने, दफा ३ को उपदफा १ मा इञ्जिनियरिङ विज्ञान प्रविधि अध्ययन अध्यापन र अनुसन्धान गर्नका लागि मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरिने भनी उल्लेख गर्नुपर्ने काँग्रेसको मत थियो । 

 

प्रतिक्रिया