Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

परीक्षा छुटेका कक्षा ११ र १२ का विद्यार्थीले फेरी जाँच दिन पाउने

मंगलबार, ०१ असार २०७२

भक्तपुर १ असार / भूकम्पका कारण परीक्षामा सहभागि हुन नपाएका १४ जिल्लाका कक्षा ११ र १२ का विद्यार्थीलाई उच्च माध्यामिक शिक्षा परिषद्ले आउँदो १४ र २४ गतेबाट हुने परीक्षामा सहभागि गराउने भएको छ । गोरखा, धाँदिङ्, रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर र काठमाण्डु उपत्यकाका तीनै जिल्लाका विद्यार्थीका लागि यो मौका दिईएको हो ।

यी जिल्लामा अध्ययनरत वा यी जिल्लामा स्थायी बसोबास भई अन्य जिल्लामा अध्ययनरत विद्यार्थीलाई परीक्षामा सहभागि हुने ब्यवस्था मिलाईएको परिषद्ले जनाएको छ । परीक्षामा सामेल हुन चाहने विद्यार्थीले आफू अध्ययनरत विद्यालयको सिफारिस, र प्रवेशपत्रको प्रतिलिपि सहित परिषद् वा काठमाडौं कार्यालयमा निवेदन दिनु पर्ने छ ।

यस्ता विद्यार्थीहरुका लागि सानोठिमीमा रहेको एसओएस हरमन माइनर उच्च माविमा केन्द्र निर्धारण गरिएको परिषद्ले जनाएको छ ।

यस अघि भूकम्पका कारण स्थगित भएको कक्षा ११ को परीक्षा असार १ गते देखि र कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि भएको थियो । भूकम्पका कारण हुन नसकेको बाँकी सात जिल्लाको परीक्षा असार १४ गतेदेखि हुने भएको छ । कक्षा ११ को परीक्षा १४ गते देखि र १२ को परीक्षा असार २४ गते देखि हुँदै छ ।

प्रतिक्रिया