काठमाडौं - विद्यालयमा क्यान्टिन बनाउने कार्यमा घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक प्रधानाध्यापक र लेखापाललाई घुस रकम सहित पक्राउ गरेको छ । काम सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. ले सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अख्तियारको दावी छ ।
रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार टोलीले अनुसन्धान गर्दा लेखापाल पराजुली र सहायक प्रधानाध्यापक बि.सी.ले सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको फेलापरेको अख्तियारले जनाएको छ । उनीहरुलाई विद्यालय परिसरबाटै घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया