काठमाडौं - विश्वविद्यालयका उपकुलपति छनौटमा सत्तारुढ दललाई सकस परेको छ । नाम छनौटमा भएको यही सकसका कारण त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटिको म्याद २० गते सम्मका लागि बढाईएको छ ।
उपचारका लागि सिंगापुर प्रस्थान गर्नु अघि कुलपति समेत रहेका प्रधानमन्त्री के पी ओलीले म्याद थपको निर्णय गरेका हुन् । त्रिविका उपकुलपति तीर्थराज खनियाँको कार्यकाल बिहीबार देखि सकिएको छ । उनले आजै देखि खाली भएको त्रिविको उपकुलपतिमा रेक्टर सुधा त्रिपाठिलाई कार्यवहाक उपकुलपति बनाउने निर्णय पनि गरेका छन् ।
शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा डिल्लीराज शर्मा र कमल गुरागाईं सदस्य रहेको कमिटीलाको म्याद सकिएपछि बिहीबार सम्मका लागि थप गरिएको थियो ।
यस्तै पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । कृषि विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा विश्वविद्यालय अनुदानका अध्यक्ष भीम प्रसाद सुवेदी र शिक्षा सचिव दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । पूर्वाञ्चलको कार्यवहाक उपकुलपतिमा डिन बेजुकुमार थपलिया, संस्कृतमा रेक्टर रमेश ढकाल र कृषिमा डिज शारदा थपलियालाई उपकुलपति बनाउने निर्णय भएको छ ।
त्रिविका उपकुलपति खनिया सँगै कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा घनश्यामलाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरलालाको कार्यकाल सकिएपछि कार्यवहाक दिईएको हो ।
यसै गरी प्रधानमन्त्रीले पूर्वाञ्चल र संस्कृतको सेवा आयोग अध्यक्ष सिफारिस गर्न पनि मन्त्रीको संयोजकत्वमा सर्च कमिटि बनाएका छन् ।
प्रतिक्रिया