Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विदेशमा एमबिबिएस पठ्न नेपालमै प्रवेश परिक्षा !

बुधबार, २५ कार्तिक २०७२

काठमाडौँ, २५ कात्तिक । विदेशमा एमबिबिएस अध्ययन गर्नका लागी नेपालमा प्रवेश परिक्षा पास गर्नुपर्छ भन्दा तपाई अचम्म लाग्छ होला ? तर यसबर्षबाट यस्तो व्यवस्था गरिएको छ । किनभने विदेशमा पासै नभईकन जादा त्यहाँ गएर दुःख पाउने भएकाले सरकारले यस्तो व्यवस्था गरेको हो । 

तर यो पैसाको प्रलोभन, विभिन्न चलखेलले गर्दा त्यति कार्यान्वयन भने छैन् । मन्त्रीपरिषदको सामाजिक समितीले यस्तो निर्णय पहिले नै गरेपनि यसको कार्यान्वयन अझै पनि नहुँदा विद्यार्थी विदेशमा गएर ठगिने क्रम जारी छ ।

सामान्यता प्रवेश परीक्षा पास नगरेसम्म कोही विद्यार्थीले पनि नेपाल र विदेश कही पनि एमबिबिएस पढ्न पाउदैनन् । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल यस विषयमा भएको निर्णय चाडँै कार्यान्वयन गर्ने मात्र बताउछन् । यसअघि सरकार र अनशनकारी गोविन्द केसीबीच भएको सम्झौताका हस्ताक्षर कर्ता डा. वाइपीसिंह पनि यसबारेमा सरकारले गरेका निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।

तर नेपालमा प्रवेश परिक्षा पास भएकाहरु विदेशमा सजिलै पढ्न पाउदैनन् । पैसा क्षमता भएकाहरु विदेशमा सजिलै पढ्न पाउनेमा प्रवेश परिक्षा नै पास नगरी गएमा समस्या र भोली उत्पादन हुने जनशक्ति पनि भरपर्दो हुन सक्नेमा समस्या आउन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन् ।

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया