Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

वेंग्लोरमा नर्सिङ पढ्ने नेपाली विद्यार्थीको विचल्ली !

बुधबार, २५ कार्तिक २०७२

काठमाडौँ, २५ कात्तिक । भारतको वेंग्लोरमा नर्सिङ अध्ययन गरिरहेका नेपाली विद्यार्थीको विचल्ली भएको छ। भारतीय नर्सिँङ काउन्सिलले भारतबाहेकका विद्यार्थीको रजिष्ट्रेसन नगर्ने भएपछि भारतमा अध्ययन गर्ने हजारौ नेपाली विद्यार्थीको विचल्ली भएको हो । 

यो निर्णयपछि भारतमा अध्ययन गरेका नर्सिङलाई तेश्रो मुलुक गएर अध्ययन तथा काम गर्न मिल्दैन् । काउन्सिलले यस्तो निर्णय सन् २०१३ मै गरेपनि यसको बारेमा जानकारी कमै विद्यार्थीलाई मात्र थाहा भएकोमा अहिले आएर सबैलाई थाहा भएपछि यसबारेमा बेंग्लोरमा अध्ययन गर्ने नर्सहरुले राजधानीमा सोमबार प्रदर्शन समेत गरेका थिए । 

यसबारेमा सरकार र भारतीय नर्सिङ काउन्सिलले समस्या समाधान गरोस भनेर उनीहरुले भारतीय दुताबासलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।  नेप्लिज इन वेंग्लोरकी संयोजक मुना दाहालले अहिले पनि नेपालमा रहेका शैक्षिक कन्सल्टेन्सीहरुले फकाई फुलाई विद्यार्थीलाई भारत पठाईरहेकोमा आपत्ति जनाउदैँ त्यहा रजिष्ट्रेसन नहुने र गतिलो प्राक्टिकल पनि नहुने भन्दै वेंग्लोर पढ्न जानु धोका भएको बताइन् ।

(आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया