Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

पदाधिकारी सिफारिस गर्न शिक्षा मन्त्रीको अध्यक्षतामा समिति

सोमबार, २० साउन २०७६

काठमाडौं - सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सहितका पदाधिकारी सिफारिस गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ३ सदस्यीय सर्च कमिटि गठन गरेको छ । व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा  र आँगिक क्याम्पसका तर्फबाट विश्वविद्यालय सभाका सदस्य समेत रहेका मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं उक्त सर्च कमिटिको सदस्य छन् । 

प्रधानमन्त्री केपी ओली शनिबार सिंगापुर जानु अघि उक्त समिति गठनको निर्णय गरेका हुन् । तर त्यसको औपचारिक निर्णय भने आईतबारको मितिमा गरिएको श्रोतले जनाएको छ । समितिलाई एक साता भित्र नाम सिफरिस गर्न भनिएको छ । 

त्रिविका पदाधिकारीको म्याद आगामी भदौ ५ गतेबाट सकिँदै छ ।

त्रिवि सहित पूर्वाञ्चल, सुदुर पश्चिम र संस्कृत विश्वविद्यालयका पदाधिकारीको म्यादपनि भदौ ५ मै सकिदैं छ । कृषिको ११ र मध्य पश्चिम तथा पोखरा विश्वविद्यालयका पदाधिकारीको म्याद भदौ १३ गते सकिदैं छ । अन्य विश्वविद्यालयका बारेमा भने प्रधानमन्त्री फर्केपछि निर्णय हुने श्रोतले जनाएको छ । 

 

प्रतिक्रिया