Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बढी शुल्क लिने केयुमा विप्लव माओवादीको तालाबन्दी 

मंगलबार, २४ कार्तिक २०७२

काठमाडौँ, २४ कात्तिक । मडिकल कलेजले तोकिएभन्दा बढी शुल्क असुल्न थालेपछि विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माआवादीको भा्रतृ संगठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले सोमबार काठमाडौँ विश्वविद्यालय (केयु) र यसबाट सम्बन्धन लिएका कलेजको लेखा तथा प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

बढी शुल्क असुल्ने र मेरिट लिस्टविपरित मेडिकलमा विद्यार्थी भर्ना गर्ने कलेजमाथी तत्काल खारेजीसम्मको कारबाही गर्नुपर्ने मागसहित संगठन आन्दोलनमा उत्रिएका हुन् । संगठनका नरेन्द्र विकले नयाँ भर्ना रोक्न केयुको मेडिकल डिन कार्यालयमा तालाबन्दी गरिएको बताए । उनले केयुबाट सम्बन्धन लिएका देशभरका १० वटै कलेजको प्रशासन र लेखा शाखामा सोमबार तालाबन्दी गरेको बताएका छन् । 

विकका अनुसार काठमाडौँ सिनामगलस्थित काठमाडौँ मेडिकल कलेज, जोरपाटीस्थित नेपाल मेडिकल कलेज, बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज, विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजमा तालाबन्दी गरिएको हो । 

यसका साथै चितवन, पोखरा र नेपालगञ्जका मेडिकल कलेजमा पनि तालाबन्दी गरिएको छ। सरकारले भदौँ ३१ गते उपत्यका भित्रका मेडिकल कलेजले अधिकतम मेरिटका आधारमा भर्ना र अध्ययन शुल्क ३५ लाख मात्र लिन पाउनेछन् । तर पछिल्लो समय तोकिएको भन्दा दोब्बर शुल्क लिने गरिएको छ। 

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा रुवी रौनियारले समाचार लेखेकी छन्।)

प्रतिक्रिया