Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा ११ र १२ को केन्द्र परिवर्तन

मंगलबार, ०१ असार २०७२

भक्तपुर १ असार / भूकम्पका कारण यस अघि कक्षा ११ र १२ को परीक्षा हुन नसकेका सात जिल्ला मध्ये गोरखा र दोलखामा ४ वटा परीक्षा केन्द्र परिवर्तन गरिएको छ ।

गोरखाको जौवारीमा रहेको परोपकार उमावि केन्द्रलाई महेन्द्र उमावि कुन्दुरमा सारिएको छ । यस्तै भिमोदय उमावि आरुघाट केन्द्रलाई सरस्वती उमावि आहाले कायम गरिएको छ भने अमरज्योती उमावि पालुङ्टार केन्द्रलाई महालक्ष्मी उमावी लक्ष्मीबजार कायम गरिएको छ ।

यस्तै दोलखामा कालिनाग उच्च मावि लामिडाँडा केन्द्रमा परीक्षा सञ्चालन गर्न भवन नभएपछि चरिकोटको पशुपति उमाविमा केन्द्र सारिएको छ ।
भूकम्पका कारण भवन चर्किएका, भत्किएका कारण केन्द्र सारिएको उच्च माध्यामिक शिक्षा परिषद्का नियन्त्रक सन्तोष अर्यायलले जानकारी दिए ।

यस अघि भूकम्पका कारण स्थगित भएको कक्षा ११ को परीक्षा असार १ गते देखि र कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि भएको थियो । भूकम्पका कारण हुन नसकेको बाँकी सात जिल्लाको परीक्षा असार १४ गतेदेखि हुने भएको छ । कक्षा ११ को परीक्षा १४ गते देखि र १२ को परीक्षा असार २४ गते देखि हुँदै छ ।

प्रतिक्रिया