नवलपरासी - सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा जम्मा गरी भौचर बुझाउन देवचुली नगरपालिकाले निर्देशन गरेको छ । चौथो नगर सभाले पारित गरेको उक्त निर्णय सँगै पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले पनि १० प्रतिशत रकम बाबुआमाको खातामा जम्मा गर्नु पर्ने छ ।
निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुका हकमा उक्त व्यवस्था लागू हुने पालिकाले जनाएको छ ।
'सम्बन्धित सबैले आफ्ना बाबुआमाका नाममा बैंक खाता खोलि तोकिएको रकम जम्मा गरी बैंक भौचर यस कार्यालयमा पेश गर्नु हुन' भन्दै पालिकाले सम्बन्धित सबैलाई निर्देशन गरेको छ ।
बुढेसकालमा सन्तानले नहेर्ने क्रम बढ्दै गएकोले वृद्धवृद्धाको अवस्था नाजुक नहोस् भनेर उक्त ब्यवस्था गरेको पालिकाले जनाएको छ ।
प्रतिक्रिया