Edukhabar
सोमबार, ०७ असोज २०८१
विदेशमा शिक्षा

नेपाली विद्यार्थी भन्छन् भारतमा नर्सिङ नपढ्ने !

सोमबार, २३ कार्तिक २०७२

काठमाडौं २३ कात्तिक / भारतका विभिन्न मेडिकल कलेजबाट बिएस्सी नर्सिङ गरेका नेपाली विद्यार्थीलाई त्यँहाको मेडिकल विभागले काम गर्न आवश्यक शैक्षिक योग्यताको मान्यता (लाइसेन्स) नदिने भनेपछि विद्यार्थीले विरोध जनाएका छन् । उक्त निर्णयको विरोध गर्दै विद्यार्थीहरु (नर्स) ले सोमबार प्रदर्शन सहित लैनचौर स्थित भारतीय दुतावासमा ज्ञापनपत्र समेत बुझाए ।

भारतका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले उक्त ज्ञापनपत्रमा नेपाल र भारत दुबै देशमा काम गर्ने मान्यता (लाइसेन्स) दिन माग गरेका छन् ।

सन् २०१३ मा भारतको मेडिकल विभागले नेपालबाट अध्ययन गर्न गएका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिने भए पनि काम गर्ने प्रमाणपत्र (लाइसेन्स) नदिने निर्णय गरेको थियो । यसबारे त्यहाँ अध्ययन गरिरहेका कमै विद्यार्थीलाई मात्र अवगत हुँदा समस्या भएको विद्यार्थीको तर्क छ । नेपाल स्थित शिक्षा मन्त्रालयको छात्रबृत्ति शाखाले पनि कुनै जानकारी नगराउँदा समस्या आएको विद्यार्थीको भनाई छ ।

नेपालले लाइसेन्स दिएपनि त्यसले भारतमा काम गर्न नपाइने निर्णय त्यहाँको मेडिकल विभागले गरेको थियो । सन् २०१३ भन्दा अगाडी यस्तो प्रावधान थिएन । त्यसैले यसअघि नेपालकै लाइसेन्सले काम गर्न उनीहरुले पाइरहेका थिए । तर अहिले आएर काम गर्न खोज्दा पहिले भारतको लाइसेन्स चाहिने र नेपालबाट लिएको लाइसेन्सले पनि काम नचल्ने भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

'नेपालमा कोटा कम छ, सबै बिएस्सी नर्सिङ पढ्न उत्तै जान्छन् तर मन्त्रालयले यस्तो व्यवस्था छ भनेर कहिल्यै भनेन्] विद्यार्थी सुष्मा शर्माले भनिन्, 'हामीलाई नेपालकै लाइसेन्स भए पुग्छ भन्ने थियो तर त्यसले काम चल्दैन रे नेपालको लाइसेन्सले काम चल्दैन, भारतले लाइसेन्स नै नदिने अनि के गरी पढ्ने ?'

मन्त्रालयले यताबाट विद्यार्थीलाई केही नभनी पठाउने उताबाट उसले पढेको शैक्षिक प्रमाणपत्र दिएपनि काम गर्ने लाइसेन्स नदिने भएपछि उनीहरु नेपाल मेडिकल कलेज र शिक्षा मन्त्रालयसंग आक्रोशित भएका छन् । भारतीय दुताबासले सो समस्या बुझोस् भन्ने आफुले ज्ञापन पत्र बुझाएको उनले बताइन् ।

शिक्षा मन्त्रालयले गतिलोसंग अनुगमन गर्न नसक्दा पनि यस्तो समस्या देखिएको हो । खासगरी मोटो रकम असुलेर भारत पठाउने नेपालमा रहेका भारतीय कन्सल्टेन्सीले त्यसबारे जानकारी नै नदिई विद्यार्थीलाई पठाएपछिसमस्या भएको हो । 

भद्रकालीबाट शुरु भएको विद्यार्थीको प्रदर्शन प्रदर्शनीमार्ग हुदँै पुतली सडक, रत्नपार्क, जमल, केशर महल हुदैँ लैनचौरथित भारतीय दुतावास गएर ज्ञापनपत्र बुझाउँदै टुंगिएको थियो । हातमा प्लेकार्ड बोकेका उनीहरुले भारतीय कन्सल्टेन्सीलाई कारबाही गर, बेङलोर पठाउने कन्सल्टेन्सी बन्द गर, हामीलाई लाइसेन्स दे, लगायतका नारा लगाएका  थिए ।

प्रतिक्रिया