Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भारतको नाकाबन्दीविरुद्ध प्राज्ञिक छलफल

सोमबार, २३ कार्तिक २०७२

काठमाडौँ, २३ कात्तिक । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका प्राज्ञिक क्षेत्रका नेपालीले भारतले नेपालमा लादेको आर्थिक नाकाबन्दी र अन्तराष्ट्रिय कानुनअनुसार नेपालले त्यसविरुद्ध चाल्नुपर्ने कदमबारे बाठमाडौँमा एकदिने सम्मेलन गर्ने भएका छ।

मंसिर १६ गते हुने सम्मेलनमा भारतको अघोषित आर्थिक नाकाबन्दी र अन्तराष्ट्रिय कानुनमा नेपालका विकल्पबारे नेपालका बौद्धिक तथा राजनीतिकर्मीबीच छलफल हुने बेलायतस्थित लिड्स विश्वविद्यालयमा कार्यरत अन्तराष्ट्रिय कानुनका प्रध्यापक डा. सुर्यप्रसाद सुवेदीले आइतबार वक्तव्यमार्फत जानकारी गराएका छन् ।

विभिन्न मुलुकमा कार्यरत नेपाली प्राज्ञिक व्यक्तित्वको सहभागितामा गठित ग्लोबल पोलिसी फोरम फर नेपालको आयोजनामा हुने उक्त सम्मेलनमा नेपालको उच्चशिक्षा क्षेत्रमा राजनीतिकरणले परेको गुणात्मक असरका विषयमा पनि छलफल हुनेछ । 

(आजको अन्नपूर्णपोष्ट दैनिकको पृष्ठ २ मा प्रकाशित समाचार)

प्रतिक्रिया