Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

करार शिक्षक विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

आइतबार, १५ असार २०७६

काठमाडौं - नक्कली शैक्षिक प्रमाणपत्रहरू पेश गरी करार शिक्षकमा नियुक्त भएको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय वीरगञ्ज, पर्सामा नि.मा.वि.को करार कोटामा नियुक्त शिक्षक कासिम अन्सारीले पेश गरेको एस.एल.सी. तथा इन्टरमिडियट तहका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको अख्तियारको दावी छ । 

उनी विरुद्ध परेको उजुरी उपर अनुसन्धान गर्दा अन्सारीले पेश गरेको भारतको बिहार राज्यको मधुवनीस्थित रा. कृत उच्च मा.वि.बाट एस.एल.सी. परीक्षा उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला द्वारा जार िविज्ञप्तिमा दावी गरिएको छ । 

नक्कली र झुठ्ठा प्रमाणपत्र पेश गरी राष्ट्र सेवकको ओहोदा  प्राप्त गरी सरकारी लाभ तथा सुविधा समेत आर्जन गरेकोले उक्त कार्य भ्रष्टाचार बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । 

 

प्रतिक्रिया