Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भूकम्पपीडित विद्यार्थीलाई सन्ध्याकालिन कक्षा

आइतबार, २२ कार्तिक २०७२

काठमाडौँ, २२ कात्तिक । भक्तपुरमा टहरामा बस्दै आएका विद्यार्थीलाई लक्षित गरि विद्यालयले सन्ध्याकालिन कक्षा शुरु गरेको छ। भक्तपुरको बागेश्वरी उच्च मावि चाम्सिंहले यस्तो कक्षा शुरु गरेको हो । भूकम्पपीडित विद्यार्थीलाई टहरामै पढ्ने वातापरण नभएको भन्दै विद्यालयले सन्ध्याकालिन कक्षा उपलब्ध गराएको जनाइको छ। विद्यार्थीहरुले नियमित कक्षा सकाएपछि सो कक्षामा बसेर पढ्नेछन् । 

विद्यार्थीलाई समस्या परेपछि बेलुका चार बजेपछि भूकम्पपीडित विद्यार्थीहरु  कक्षामै बसेर पढ्ने विद्यालयले जनाएको छ। त्यसरी बस्नेमा १ सय ५० विद्यार्थीसम्म रहने जनाइएको छ। खासगरी विज्ञान संकाय पढ्ने विद्यार्थीलाई सो व्यवस्था गरिएको हो । 

(आजको नागरिक दैनिकको पृष्ठ ७ मा प्रकाशित समाचार)

प्रतिक्रिया