काठमाडौं - आफ्ना पुर्व अध्यक्ष एवम् पुर्व शिक्षा मन्त्री धनिराम पौडेलको सम्झनामा सत्तारूढ नेकपा निकट अनेरास्ववियूले श्रद्धाञ्जली सभा गरेको छ । सभामा नेकपा नेता योगेश भट्टराईले पौडेलको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति भएको बताए । नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि वेइमान नवनेको एउटा असल क्रान्तिकारी भएको स्मरण गरे ।
कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी ) का पुर्व अध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको बताए भने अनेरास्ववियू संयोजक ऐन महरले पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अभियन्ता भएको स्मरण गरे । कार्यक्रममा अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङले पौडेलको व्यक्तित्वका पक्षमा प्रकाश पारेका थिए ।
पौडेलको गत जेठ ३१ गते चितवनको माडीमा हृदयघातका कारण निधन भएको थियो ।
पूर्व शिक्षा मन्त्री पौडेलको निधन
प्रतिक्रिया