Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यालय पूनर्निर्माणको बाटो खुल्यो 

आइतबार, २२ कार्तिक २०७२

काठमाडौँ, २२ कात्तिक । भूकम्पबाट क्षतिग्रस्त विद्यालय बनाउने बाटो विदेशी दातालाई खुलेको छ। दाताले पेश गरेको विद्यालय नक्सालाई शिक्षा विभागले स्वीकृति दिएपछि त्यसका लागी बाटो खुलेको हो । विभागका महानिर्देशक डा.डिल्लीराम रिमालले दाताले पेश गरेका विद्यालय भवनका नक्सालाई विभागले शुक्रबार स्वीकृत प्रदान गरेपछि दातालाइ विद्यालय बनाउने बाटो खुलेको हो ।

विभिन्न दाताले भूकम्प अतिप्रभावित १४ जिल्लामा ४ सय ६६ विद्यालय निर्माण गर्न विभागमा नक्सासहितको प्रस्वात पेस गरेका भएपनि लामो समयदेखि स्वीकृत भएका थिएनन् । दाताले पक्की भवन निर्माण गर्न भन्दै ७० करोड लगानी गर्दैछन् । भवन बढीमा तीन तलासम्म हुने पनि उनीहरुको भनाई छ। 

भूकम्प अतिप्रभावित गोरखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, दोलखा लगायत ७ जिल्लामा पहिलो प्राथमिकता दिदै दाताले करोडौँ लगानी गर्दैछन् । गत बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले बढीजसो मध्यमाञ्चलका १४ जिल्लाका करिब ८ हजारभन्दा बढी विद्यालयका भवन भत्किदा १० औँ लाख विद्यार्थी पढ्नलाई समस्या भइरहेको छ । 

(आजको गोरखापत्र दैनिकको पृष्ठ ४ मा प्रकाशित समाचार)

प्रतिक्रिया