Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

तराईमा मौका परिक्षा शान्तिले सम्पन्न

आइतबार, २२ कार्तिक २०७२

काठमाडौँ, २२ कात्तिक । झन्डै तीन महिनासम्म तराई आन्दोलन चलिरहेका बेला शैक्षिक संघ सस्थाहरुसमेत ठप्प रहेको तराईका जिल्लामा परिक्षाा भने शान्तिपूर्ण वातावरणमा चलेको छ। 

कक्षा १२ को मौका परिक्षा शनिबार शान्तिपूर्ण वातावरणमा सञ्चालन भएको हो । त्यहाँ मोर्चाका कार्यकर्ताले बन्द गराउदँै हिडेका भएपनि विद्यालयमा भने पछिल्लो समय असर कम गरेका बुझिएका छ । उच्च माध्यामिक शिक्ष्ााँ परिषदका परिक्षा नियन्त्रक सन्तोष अर्यालले बारा, पर्सा, रौतहट, लगायतका जिल्लामा परीक्षा शान्तिपूर्ण भएको बताए । 

कक्षा १२ मा एक विषयमा उत्तिर्ण ३३ हजार ४ सय विद्यार्थीले शनिबार देशका विभिन्न ८३ केन्द्रमा शान्तिपूर्ण परिक्षामा सहभागी भएका थिए । यसपटक नाकाबन्दी र भूकम्पले गर्दा केही जिल्लामा परिक्षा ढिलो भएको थियो पनि नतिजा पनि केही समय ढिला नै आएको थियो । 

(आजको नयाँ पत्रिका दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया