Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यालय बन्द नगर्न कोइरालाको आग्रह

शनिबार, २१ कार्तिक २०७२

काठमाडौँ, २१ कात्तिक । नेपाल सँस्कृत विश्व विद्यालय दाङकाका उपकुलपति कुलप्रसाद कोइरालाले असहमतिका कारण विश्व विद्यालयलार्ई बन्धकमा नराख्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।  ‘न्यायोचित माग पुरा गर्न विश्व विद्यालय सधै तयार रहेको भन्दै तालाबन्दी खुलाएपछि सबै पक्षका न्यायोचित मागको संवोधन हुने उनको भनाई छ। 

झण्डै सात महिनादेखि निरन्तर तालाबन्दी रहेको विश्वविद्यालयको तालाबन्दी खुलाउने विषयमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै विश्व विद्यालयका कुलसचिव कात्तिकेय झाले विश्व विद्यालयलाई काम बिहीन अवस्थामा राख्न उपयुक्त नभएको भन्दै विभिन्न सङ्घसंगठनका माग न्यायोचितरुपमा संबोधन हुने दाबी गरे । 

सो अवसरमा बेलझुण्डी क्षेत्र विकाश समितिका पदाधिकारीले विश्व विद्यालयलाई आधा वर्षसम्म पनि तालाबन्दीको शिकार बनाइराख्नु आम दङ्गालीको लागि लज्जाजनक भएको भन्दै विश्व विद्यालय खुवाउनु पर्ने धारणा राखेका थिए । त्यसैबीच शुक्रबार बसेको विश्व विद्यालय पदाधिकारी तथा बुद्धिजीवीको भेलाले विश्व विद्यालयको ताला खुलाउने र सहज वातावरण बनाउने सन्दर्भमा सोमबार बृहत भेलाको आह्वान गर्ने निर्णय गरेको छ । 

‘नेपाल संस्कृत विश्व विद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्ने सन्दर्भमा हामी सबै सकारात्मक छौँ, असहमति र असमझ्दारीलाई वार्ता र सम्वादको माध्यमबाट सुल्झाउन बृहत भेला सोमबार हुने निर्णय भएको छ,’ निर्णयमा भनिएको छ ।’ 

(रासस) 

 

प्रतिक्रिया