Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कञ्चनपुरमा एक महिलाले दिइन् विद्यालयलाई जग्गा

शनिबार, २१ कार्तिक २०७२

काठमाडौँ, २१ कात्तिक । कञ्चनपुरका एकल महिलाले विद्यालयलाई जमिन दान गरेका छन् । पुर्नवास नगरपालिका–१३ मोतीबस्तीकी ५० वर्षीया खिमादेवी शर्माले सरस्वती उच्च माविलाई जमिन दान गरेकी हुन् ।  

विसं २०३६ मा स्थापना भएको उक्त विद्यालयको विकासका लागि मङ्गलबारदेखि सुरु भइरहेको पुर्नवास धार्मिक तथा शैक्षिक महोत्सवमा शर्माले शुक्रबार एककट्ठा जमिन दान गर्नुभएको महोत्सव मूल आयोजक समितिका संयोजक वीरबहादुर थापाले जानकारी दिए ।  

संयोजक थापाका अनुसार शर्माले आफ्ना पति पुष्कर शर्मा र छोरा हेमराज शर्माको सम्झनामा जमिन दान गरेकी हुन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा उनका श्रीमान् पुष्कर र छोरा हेमराज मारिएका थिए । आफूले छोरा र श्रीमान्को सम्झना र उनीहरुको आत्माको चिरशान्तिको कामना गर्दै विद्यालयलाई जमिन दान गरेको शर्माले बताइन् ।  

(रासस) 

 

प्रतिक्रिया