Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बढी शुल्क लिने मेडिकल कलेजलाई नलिन सर्वोच्चको आदेश  

शनिबार, २१ कार्तिक २०७२

काठमाडौँ, २१ कात्तिक । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबिबिएस भर्नामा सरकारी निर्णयविपरित ३५ लाखभन्दा बढी शुल्क लिन छाडेका छैनन् ।  यसरी बढी शुल्क लिनेमा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज, चितवन मेडिकल कलेज लगायत रहेका छन् । 

सेना, किस्ट, चितवन लगायतका मेडिकल कलेजले ३५ लाखभन्दा बढी भर्ना शुल्क लिइरहेको गुनासो आएको छ यो गैरकारनुनी हो । चिकित्सा शास्त्र अध्ययन संस्थानकाडिन प्रा.डा.राकेशप्रसाद श्रीवास्तवले भने तर उनीहरुलाई कारबाही गर्ने अधिकार सरकारसंग छ । 

सेनाको मेडिकल कलेजले  समेत ४४ लाख ७० हजार ८ सय ६० रुपैयाँसम्म शुल्क मागेको गुनासो विद्यार्थीहरुले गरेका छन् । यसले आफुहरु मारमा परेको पनि उनीहरुले गुनासो गरेका छन् । 

बढी शुल्क नलिन सर्वोच्चको आदेश

सरकारी मापदण्ड मिच्दै आफुखुसी पैसा उठाइरहेका मेडिकल कलेजरुलाई सर्चोच्च अदालतले ३५ रुपैयाभन्दा बढी शुल्क ननिल अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ।  अदालतले विद्यार्थी भर्ना पनि मेरिट लिस्टकै आधारमा गर्न पनि भनेको छ। 

विद्यार्थीसंग बढी शुल्क लिन नपाइने सरकारी नियमको पालना गरिपाउँ  भनी गत साता परेको रिटमाथी सुनुवाई गर्दै न्यायधिस गोपालप्रसाद पराजुलीको इजलासले तत्कालका लागी बढी पैसा नलिन भनेको हो । बढी पैसा लिएर विद्यार्थी भर्ना गर्न पर्नाको कारण पेश गर्न पनि सर्वोच्चले सरकार र काटमाडाँै विश्विद्यालयलाई आदेश गरेको छ। 

(आजको कान्तिपुर दैनिकको पृष्ठ ३ मा अतुल मिश्रले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया