Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

निमावि अन्तर्वार्ता शुरु

शुक्रबार, २० कार्तिक २०७२

भक्तपुर २० कात्तिक / निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटका लागि शिक्षक सेवा आयोगले अन्तर्वार्ता शुरु गरेको छ । अन्तर्वार्ताको पहिलो दिन पाँचै विकास क्षेत्रमा गणित, विज्ञान र गणित विज्ञानको अन्तर्वार्ता हुँदैछ भने पश्चिमाञ्चलमा संस्कृत ब्याकरणको अन्तर्वार्ता हुँदै छ ।

आयोगले हरेक दिन दुई चरणमा अन्तर्वार्ताका लिने ब्यवस्था गरेको छ । विहान ८ बजे देखि र दिउँसो १ बजे देखि अन्तर्वार्ता हुने प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी  दिए । अन्तर्वार्ता कात्तिक २३ गते सकिने छ ।

निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुँदैछन् ।

प्रतिक्रिया