Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

तराई बन्दले उत्तरपूस्तिका परिक्षण रोकियो 

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ, २० कात्तिक । भदौमा परिक्षा सकिएको भएपनि शिक्षाशास्त्र संकायका विद्यार्थीले टिचिङ प्राक्टिस गर्न पाएका छैनन् । २५ पूर्णांकको अभ्यास शिक्षणको नम्बर नआँउदासम्म विद्यार्थीको परिक्षाफल सार्वजनिक गर्न मिल्दैन ।  लिखित परीक्षा समाप्त भएपनि तराई बन्दका कारण ती क्षेत्रका विद्यार्थीले यस्तो अभ्यास गर्न नपाएका हुन् ।

लिखित परिक्षा दिएका विद्यार्थीको उत्तरपूस्तिका पनि परीक्षणका लागी केन्द्रमा ल्याउन सकिएको छैन् ।  परीक्षा नियन्त्रक केशव वास्तोलाका अनुसार उत्तरपूस्तिका क्षेत्रीय कार्यालय र परिक्षा केन्द्रमा नै थन्किएका छन् ।

 त्रिविको उपत्यकाबाहिर विराटनगर, पोखरा, कैलाली र नेपालगञ्जमा क्षेत्रीय कार्यालयहरु रहेका छन् । केही केन्द्रमा उत्तरपूस्तिका संकलन गरिएपनि इन्धन अभावका कारण सवारीसाधन  गुडाउन नसकिएपछि परिक्षार्थीको उत्तरपूस्तिका केन्द्रमा ल्याउन नसकिएको त्रिविले जनाएको छ। 

इन्धन अभावले गर्दा परिक्षा नियन्त्रण कार्यालयका कामहरु समेत प्रभावित भएका छन् ।

(आजको अन्नपूर्ण दैनिकको पृष्ठ ३ मा सुर्यप्रसाद पाण्डले समाचार लेखेका छन्।) 

प्रतिक्रिया