Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नीजि मेडिकल कलेजमा विद्यार्थी अनिच्छुक !

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ, २० कात्तिक । योग्यता (मेरिट) सुचीमा अगाडी नाम निकालेका जेहेन्दार विद्यार्थीले अधिकांश नीजि मेडिकल कलेजमा अध्ययन गर्न अनिच्छा देखाएका छन् ।  ठूला संख्यामा विद्यार्थी कोटा पाए पनि पर्याप्त प्राज्ञिक तथा भौतिक पूर्वाधार नभएका कलेज अब्बल विद्यार्थीको रोजाईमा परेनन् । 

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले पहिलोपटक प्रवेश परिक्षाको उतीर्ण सूचिमा माथी रहेका हजार विद्यार्थीलाई कलेज रोज्न काउन्सिलिङ गरेको थियो । 

अधिकांश विद्यार्थीले  आइओएम, नेपाली सेनालगायत सिमित कलेजमा मात्रै अध्ययन गर्न अभिरुचि देखाएका थिए । तीबाहेक अन्य कलेजमा पर्याप्त सिट भएपनि विद्यार्थी अध्ययन गर्न अनिच्छुक भएपछि आइओमले थप विद्यार्थीलाई काउन्सिलिङका लागी बोलाएको छ।

यस बर्ष मन्त्रिपरिषदले शुल्क ३५ लाख र योग्यताक्रमका आधारमा विद्यार्थीले रोजेको कलेजमा भर्ना हुने व्यवस्था लागु गरेको थियो । 

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा दीपा दाहालले समाचार लेखेकी छन्।)

प्रतिक्रिया