Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चीनबाट एमबिबिएस सकेका विद्यार्थी संकटमा

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ, २० कात्तिक । चीनबाट एमबिबिएस अध्ययन पुरा गरी नेपालमा इन्टर्नसिप का लागी तयारी गरेका करिब एक हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। स्वास्थ्य, शिक्षा र मेडिकल काउन्सिलको लापरबाहीका कारण विद्यार्थीको भविष्य संकटमा परेको हो । सरकारी छात्रवृत्ति, चिनियाँ दुतावासको साँस्कृतिक कोटा र नीजि खर्चमा त्यहाँ पुगी अध्ययन गरेर नेपाल फर्किसकेका २१ जना र चीनमै अलपत्र परेको करिब ९ सय जना विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।  

सरकारले सन् २००८ पछि चीनमा एमबिबिएस सकेका विद्यार्थिलाई नेपालमा इन्टर्नसिप गर्न नदिने निर्णयका कारण उनीहरुको भविष्य नै अन्योलमा परेको हो । तर नेपाल मेडिकल काउन्सिलको स्वीकृतिमा अध्ययनका लागी नेपाली विद्यार्थी अझै पनि धमाधम चीन जाने क्रम जारी छ ।

नेपालमा इन्टर्नसिप गर्न नपाउने भएपनि पैसाको लोभमा दलालहरुले झुटो आश्वासन दिएर सस्तो मेडिकल शिक्षाको प्रचार गर्दै विद्यार्थी चीन पुग्ने गरेका छन् । कतिपय विद्यार्थीहरु सरकारी र चीनकै विभिन्न कोटामा पनि अध्ययन गर्न चिन जाने गरेका छन् । 

(आजको अन्नपुर्ण दैनिकको पृष्ठ ३ मा दिपा दाहालले समाचार लेखेकी छन्।)

प्रतिक्रिया