Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यालय बनाइदिन दाता तयार भएपनि डिजाइन छैन् 

शुक्रबार, २० कार्तिक २०७२

काठमाडौँ, २० कात्तिक । विभिन्न देशका दातृ निकायले बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले भत्काएका विद्यालयका भवनहरु बनाउन तयार रहेको बताएका छन् ।  तर प्राधिकरण गठन र विधेयक नै संसदमा दर्ता भएर छलफल हुन नसक्नुका साथै सरकारले आवश्यक डिजाइन नदिएर पनि भवन निर्माणको काम अघि बढ्न सकेको छैन् । 

भूकम्पबाट क्षति भएका ५ सय विद्यालयका २ हजार ५ सय कक्षाकोठा बनाउन करिब २ अर्ब लगानी गर्न विभिन्न ४८ दातृ निकाय तयार भएपनि सरकारले डिजाइन नदिएका कारण सो निर्माण कार्य अलपत्र परेको छ। शिक्षा विभागसंग दातृ संस्थाहरुले सम्झौता समेत गरिसक्दा पनि सरकारले गम्भिर चासो नदिएर प्राधिकरण गठनमा समय खेर फालिरहेको पनि उनीहरुले आरोप लाउन थालेका छन् । 

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोकमा करिब साढे ५ सय विद्यालयमा साढे ४ सय विद्यालयका भवन क्षतिग्रस्त रहेका छन् । यस्तै गोरखा, धादिङ, नुवाकोट, रसुवा, दोलखा लगायतका जिल्लामा पनि विद्यालय भवनहरु क्षतिग्रस्त हुदाँ पठनपाठनमा समेत समस्या भइरहेको छ। 

भूकम्प गएको ६ महिनावितिसक्दा पनि विभागले डिजाइन उपलब्ध नगराउदा सो सम्झौता तोडिन सक्ने र सो लगानी पनि अन्तै जान सक्ने संस्थाहरुको चेतावनी छ । 

(आजको कान्तिपुर दैनिकको पृष्ठ ३ मा मकर श्रेष्ठले समाचार लेखेका छन्।)

प्रतिक्रिया