Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

निजीको भन्दा सामुदायिकको एसएलसी नतिजामा सुधार

शुक्रबार, ०४ असार २०७२

काठमाडौं ४ असार / यस बर्षको एसएलसीमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा सुधार भएको छ । निजी विद्यालयको उत्तिर्ण प्रतिशत गतसाल भन्दा ३ दशमलव ९५ प्रतिशत कम भएको छ । यस्तै सामुदायिक विद्यालयको उत्तिर्ण प्रतिशत भने गत सालको तुलनामा यो बर्ष ४ दशमलव ८९ प्रतिशत धेरै विद्यार्थी उत्तिर्ण भएका छन् ।

निजी विद्यालयमा गत बर्ष ९३ दशमलव २५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए भने यो बर्ष जम्मा ८९ दशमलव ३० प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।

यस्तै सामुदायिक तर्फ गत साल जम्मा २८ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोमा यो बर्ष ३३ दशमलव १८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षकले राजनीति छाडेर पठन पाठनमा मात्रै ध्यान दिने हो भने नतिजा सुधार हुँदो रैछ भन्ने पुष्टि गरेको शिक्षा सचिव विश्वप्रकाश पण्डितले बताए । सामुदायिक विद्यालयको सुधारिएको नतिजाले शिक्षकले राजनीति धेरै नगरौं भन्ने कन्फिडेन्स बढाएको छ उनले भने, शिक्षक शिक्षक मात्रै हुने र अभिभावकको चेतना बढ्ने वित्तिकै यस्तो सुधार हुँदो रैछ ।

प्रतिक्रिया