काठमाडौं - त्रिभुवन विश्वविद्यालयका विद्यार्थी दावा शेर्पाले सगरमाथा चढ्ने भएका छन् । मानव शास्त्र केन्द्रीय विभागमा अध्ययनरत शेर्पाले सगरमाथाको शिखर चुम्ने पहिलो छात्रको रुपमा विश्वकीर्तिमान कायम राख्ने लक्ष्य सहित आरोहण गर्न लागेका हुन् । सोलुखुम्वको दुधकुण्ड नगरपालिका निवासी शेर्पा मानव शास्त्र केन्द्रीय विभागका स्नातकोत्तरको थेसिस गर्दै छन् । ।
त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सगरमाथा आरोहणको शुभकामना व्यक्त गरेका छन् । विश्वविद्यालयको नाममा पहिलो विद्यार्थीको विश्व किर्तिमान राख्न गइरहेका शेर्पाको सफल आरोहणको कामना गर्दै खनियाले विश्वविद्यालयको झण्डा सगरमाथामा फर्फराएर विश्वमा त्रिविको सम्मान उच्च राख्न लागेको भन्दै धन्यवाद पनि व्यक्त गरे ।
२०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मेका शेर्पा पर्वतारोहण व्यवसायमा पनि संलग्न छन् । उनको आरोहण आगामी मे ५ वाट शुरु हुनेछ ।
प्रतिक्रिया