काठमाडौं १८ चैत / हुम्लाका विभिन्न विद्यालयमा भवनको अभावले नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थीहरु चौरमा अध्ययन गर्न बाध्य भएका छन । भएका प्रयोग गर्न नसकिने तथा जिर्ण भएपछि विद्यार्थीहरुलाई कक्षा कोठा नपुग्दा चौरमा अध्ययन गर्न बाध्य भएका हुन ।हावाहुरी चल्दा, चर्को घाम लाग्दा र पानी परेको बेला पठन पाठन बन्द हुने गरेको कक्षा तीनमा अध्ययनरत छात्रा बेलमति जैशीले बताउनु भयो । यसले गर्दा पढाईमा समस्या खडा गरेको र सरोकारवाला निकायले यो समस्या तत्काल समधान गर्न उहाँले आग्रह गर्नु भएको छ ।
सिमित शिक्षक दरबन्दीबाट संचालन भैरहेको ताँजाकोट गाउँपालिकाको धर्मोदय माविमा कक्षा कोठाको अभावले विद्यार्थीहरु खुला चौरमा अध्ययन गर्न बाध्य भएको विद्यालयको कार्य सम्पादन गर्न ताँजाकोट पुग्नु भएका दिपक भण्डारीले बताउनु भयो । विद्यार्थी चाप धेरै भए पनि शिक्षक दरबन्दी कम हुँदा नीजि श्रोतबाट शिक्षक व्यवस्था गरी रहेको उक्त विद्यालयमा भवनको अभावले गर्दा साना कक्षाका विद्यार्थीहरु बाहिर पढ्न बाध्य रहेको उहाँले बताउनु भयो । कक्षा कोठा अभाव भएर विद्यार्थीहरुलाई अब गर्मी बढे संगै अध्ययन गर्न कठिन हुने र बर्खामा पानी पर्दा पढाई के गर्ने भन्नले चिन्ता थपिएको छ ।
गत बर्षसम्म जेन तेन चलाईए पनि यस पाली कक्षा कोठाको अभावले दुई देखि तीन वटा कक्षाहरु चौरमा संचालन गर्नु बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद भुवाईले बताउनु भयो । अझ कक्षा दुईलाई त बेन्च राखेर मंचमा अध्ययन गराउनु परेको उहाँले बताउनु भयो । पछि मावि भएको कारण शिक्षक दरबन्दी कम, भवन पनि सिमित र भएका भवन पनि जिर्ण भइ सकेकाले विद्यालयलाई पठन पाठनमा कठिनाई सृजना भएको उहाँले बताउनु भयो । भवन अभावले विद्यार्थीलाई पठन पाठनमा समस्या भएको र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारसंग भवन निर्माणका लागि योजना माग गरिएको उहाँले बताउनु भयो । भवन धेरै भएपनि पुराना र प्रयोग गर्न नसकिने भएको कारण पठन पाठनमा अवरोध सृजना भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनु भयो । अहिले पनि प्रदेश सरकारबाट नयाँ भवन निर्माणको कार्यक्रम रहेको र त्यो बनेमा समस्या समधान हुने उहाँले बताउनु भयो । गाउँपालिकाको बजेटबाट शिक्षक पाल्दै ठिक्क भएको उहाँले बताउनु भयो ।
गोरखापत्रबाट
प्रतिक्रिया