Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बाल अनाथालयलाई आर्थिक सहयोग  

विहीबार, १९ कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । कञ्चनपुरको झलारीका जागरुक युवाको संस्था गुडल इभेन्ट मेनेजमेन्टले महेन्द्रनगरमा रहेको महाकाली बाल अनाथालयलाई रु १९ हजार बराबरको सहयोग रकम उपलब्ध गराएको छ ।  

कात्तिक २ गते झलारी बजारको खुला मञ्चमा अनाथालयमा रहेका बालबालिकाको सहयोगार्थ सञ्चालन भएको दसैँ विशेष साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकमको १० प्रतिशत बुधबार अनाथालयलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष ललितबहादुर ऐरले जानकारी दिए । 

“साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रु ११ हजार र दानपेटिकामा जम्मा भएको करिब रु आठ हजार अनाथालयलाई उपलब्ध गराएका छौँ” – उनले भने ।  सो रकमबाट अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न र शिक्षाका क्षेत्रमा खर्च गरिने बताइएको छ । अनाथालयमा तीन दर्जनभन्दा बढी बालबालिका आश्रित रहेका छन् । 

(रासस) 

 

प्रतिक्रिया