Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

प्रअकै प्रमाणपत्र नक्कलीे, अख्तियारद्वारा मुद्दा दायर

शुक्रबार, १५ चैत्र २०७५

काठमाडौं - विद्यालयका प्रधानाध्यापककै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेला परेको छ । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं. १२ स्थित श्री त्रिभुवन प्रा.वि.जस्पुरकी प्रधानाध्यापक सुशीला गुरुङको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुरुङले बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी जागिर खाएको अख्तियारको दावी छ । एसएलसी सरहको मान्यता भएको उक्त प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया