काठमाडौं - अनुसन्धान गर्ने सरकारी निकाय राष्ट्रिय अनुसन्धान विभागका अधिकृतकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको फेला परेको छ । उक्त अभियोग सहित विभागका अधिकृत विमल खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
खड्काले नक्कली प्रमाणपत्र पेश गरी बढुवा भै अनुसन्धान अधिकृतको पदमा कार्यरत रहेकाले छानबिन गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनको प्रमाणपत्र नक्कली पुष्टि भएको अख्तियारको दावी छ ।
खड्काले बढुवा हुन पेश गरेको भारतको विहार स्कुल एक्जामिनेसन बोर्डको आइ.ए. तहको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दावी छ । सरकारी सेवामा बहाल रही लाभ समेत लिएको देखिँदा निजको उक्त कार्य भ्रष्टाचार ठहर हुने भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्त प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया