Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बैतडीमा जिर्ण विद्यालय भवनमा पढाउन समस्या

विहीबार, १९ कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । बैतडीको पाटन नगरपालिका– ६ मा रहेको गुजर माध्यमिक विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । विसं २०११ मा स्थापना भएको सो विद्यालयमा विसं २०५७ मा डिएफआइडीको सहयोगमा बनेको तीनकोठे भवन र जिल्ला शिक्षा कार्यालयको सहयोगमा बनेका दुईकोठे भवन जीर्ण अवस्थामा रहेकाले पठनपाठन गर्न समस्या भएको विद्यालयका प्रधानाध्यापक गोपालदत्त भट्टले बताए ।  

उनले भने – “स्थानीयवासीको श्रमदानमा विसं २०४७ मा बनाएको चारकोठे भवन पनि जीर्ण अवस्थामा रहेकाले पानी परेका दिन विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको छ ।”  पानी नपरेका दिन विद्यालय भवनको अभावमा रुखको छहारीमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेकोसमेत उनले बताए ।  

विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयलगायतका सरोकारवाला निकायसँग पटकपटक आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको विद्यालयले जनाएको छ । विद्यालयमा ३७६ जना अध्ययनरत छन् भने उनीहरुलाई उचित कक्षाकोठाको व्यवस्था नहुँदा शिक्षण कार्य प्रभावित भएको हो । 

(रासस) 

 

प्रतिक्रिया