Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

फेरी पनि एसईईको प्रश्नपत्र आउट, परीक्षा स्थगित

शुक्रबार, १५ चैत्र २०७५

काठमाडौं - परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भए पछि प्रदेश २ मा अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित गरिएको छ ।

बिहीबार राती नै सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भएको उक्त प्रश्नपत्र सही हो वा हैन यकिन गर्न शुक्रबार विहान परीक्षा बोर्डको बैठक बसेको थियो । बैठकले सार्वजनिक भएको उक्त प्रश्नपत्र सक्कली भएको ठहर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । स्थगित परीक्षा कहिले गर्ने भन्ने तय गर्न बाँकी नै रहेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । 

प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाको परीक्षा रद्द गरिएको हो ।

यस अघि प्रदेश २ मै प्रश्नपत्र आउट भएपछि बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । उक्त परीक्षा चैत २२ गते साविककै परीक्षा केन्द्रमा गर्ने र घटनाका बारेमा छानवीन गर्न 
राष्ट्रिय परीक्षा बोर्ड सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय  समिति गठन गरेको थियो । 

प्रदेश दुईबाट लगातार प्रश्नपत्र आउट भएपछि गम्भिरता पूर्वक छानवीन गर्नु पर्ने देखिएको छ । 

 

प्रतिक्रिया