Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

एसईईको प्रश्नपत्र आउट, छानवीन गर्न समिति गठन, रोकिएको परीक्षा २२ गते

विहीबार, १४ चैत्र २०७५

काठमाडौं - परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा एसईईको बिहीबारको परीक्षा रद्द गरिएको छ । विज्ञान विषयको उक्त परीक्षा चैत २२ गते साविककै परीक्षा केन्द्रमा गर्ने जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि समितिले अध्ययन गरेको उनले बताए । 

'सामाजिक सञ्जाल मार्फत् प्रश्नपत्र बाहिरिएको पुष्टि भए पछि रद्द गर्ने निर्णय भएको हो' उनले भने, 'घटनाका बारेमा छानवनि हुने छ ।' 

यसैबीच घटना पछि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बोर्ड सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । 

बुधबार राति नै भाइबर, इमो, ह्वाट्सएप जस्ता माध्यमबाट प्रश्नपत्र बाहिरिएको थियो । प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाको परीक्षा रद्द गरिएको हो ।

 

प्रतिक्रिया