Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सिरहामा बन्द विद्यालय खोल्ने सर्वपक्षीय सहमति

विहीबार, १९ कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । आन्दोलनरत मधेसी मोर्चाको आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहाका विद्यालय सञ्चालन गर्नेबारेमा सर्वपक्षीय सहमति भएको छ ।  जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले जानकारी दिए  ।  

विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्काल विद्यालय सञ्चालन गर्न प्रजिअ डा. विश्वकर्माले विज्ञप्तिमार्फत आह्वानसमेत गरेका थिए ।  संयुक्त मधेसी मोर्चाको आह्वानमा जारी अनिश्चितकालीन आमहडतालका कारण जिल्लास्थित विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ । 

सयुँक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दका कारण सिरहाका विद्यालय बन्द हुँदा लाखौ विद्यार्थीको भविष्य अन्योलमा परेको थियो । 

(रासस) 

यो पनि पढ्नुहोस 

 

प्रतिक्रिया