Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

३३ प्रतिशत महिला क्याम्पस प्रमुख माग गर्दै तालाबन्दी

शुक्रबार, ०१ चैत्र २०७५

काठमाडौं १ चैत / त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

स्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्य २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले त्रिविका पदाधिकारीले आफुहरुको मागको सुनुवाई नगरेको आरोप लगाउदै ५ दिन अघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनिया र हिजो बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

महिला शिक्षकको आन्दोलनको कारण हिजो बिहीबार पदमकन्या मा तोकिएको परीक्षा केन्द्र समेत परिवर्तन गरेको छ ।

त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थी सहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् ।

पद्मकन्या क्याम्पस महिला कर्मचारी प्राध्यापक संघ संजालका सचिव एवं उपप्राध्यापक विमला नेपालले देशभरका ६१ क्याम्पस मध्य ३३ प्रतिशत अर्थात २० आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने बताउनुभयो ।
उहाले महिला शिक्षक र विद्यार्थीको मागलाई वेवास्ता गरे आगामी आइतबारबाट कालोपट्टी बांधेर पठन पाठन गराउने, आन्दोलनको विषयमा विद्यार्थीलाई जानकारी दिने र त्यो बेला सम्ममा पनि माग पुरा नभए विद्यार्थी सहित आमरण अनसन बस्ने चेतावनी दिनुभयो ।
उहाले भन्नुभयो–हाम्रो मागप्रति वेवास्ता गरे देशैभर पठ्न पाठन ठप्प पारेर आन्दोलनमा उत्रनेछौ । त्रिविले पिके क्याम्पसमा क्याम्पस प्रमुख छनौट गर्दा महिलालाई तेस्रो नम्बरमा राखेर पुरुष प्राध्यापकलाई क्याम्पस प्रमुख बनाउन लागेको महिला प्राध्यापकको आरोप छ । ‘हाम्रो माग अब पिके क्याम्पसको लागि मात्रै होइन, संविधान कार्यान्वयन गर्न हो –क्याम्पसका सहप्राध्यापक डा जया प्रधानले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

संविधानमा स्पष्ट ब्यवस्था भए अनुसार ३३ प्रतिशत महिलालाई क्याम्पस प्रमुख बनाउनको लागि हो–उहाले भन्नुभयो । पद्मकन्या क्याम्पसका विद्यार्थी एवं नेविसंघ पद्मकन्या क्याम्पसकी अध्यक्ष तुलसा पन्तले शिक्षकको दवावमुलक आन्दोलनलाई विद्यार्थीहरुले समेत साथ दिएको बताउनुभयो ।

उहाले भन्नुभयो–अब देशभरका आंगिक क्याम्पसमा महिला प्राध्यापकलाई क्याम्पस बनाउन हाम्रो आन्दोलन हो, माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ । त्यसमा विद्यार्थीको समेत सहयोग रहनेछ– उहाको भनाई थियो ।

क्याम्पस व्यवस्थापन समितिले प्रा धनप्रसाद पंडित, उपप्राध्यापक शुरेश आचार्य र उपप्राध्यापक डा. प्रधानलाई क्याम्पस प्रमुख बनाउन सिफारिस गरेको थियो । तर पदमकन्याका प्राध्यापक लगायत अधिकांस शिक्षकले प्रधानलाई नै क्याम्पस प्रमुख बनाउन त्रिवि पदाधिकारीलाई दबाव दिएका छन् । २८ वर्ष प्राध्यापन पेशामा संलग्न प्रधान सो क्याम्पसका सबैको साझा क्याम्पस प्रमुखको रुपमा रहनुभएको छ ।

आफुलाई क्याम्पस प्रमुख बनाउने विषयमा प्रधानले भन्नुभयो–योग्यता, वरिष्ठता र अनुभवको आधारमा क्याम्पस प्रमुख बनाउनुपर्ने बताउदै डा. प्रधानले नेपाल समाचारपत्रसंग भन्नुभयो–म नै हुनुपर्छ भन्ने छैन, योग्यता पुगेका र लामो समय प्राध्यापन पेशामा आबद्ध भएकालाई प्रमुख बनाइयोस । उहाले ६८ वर्ष लामो इतिहास बोकेको क्याम्पसमा अब प्रयाम्पस प्रमुख छनौट गर्दा महिना नै हुनुपर्ने दाबी गर्नुभयो ।

त्रिविका उपकुलपति प्राडा खनियाले क्याम्पस संचालक समितिले सिफारिस गरेका मध्य वरिष्ठताको आधारमा क्याम्पस प्रुख नियुक्ति गरिने जानकारी दिनुभयो ।

उहाले भन्नुभयो–मेरो समर्थन महिलाको पक्षमा नभएको होइन तर समितिको प्रकृयाको विरुद्धमा जादिन । उहाले माग राख्नु स्वभाविक भएपनि पदाधिकारीको कार्यकक्षमा ताला लगाएर आन्दोलनमा उत्रनु गलत भएको बताउनुभयो । उहाले त्रिविमा महिला र पुरुषविच भेदभाव गर्ने थलो नभएको स्पष्ट पार्दै प्रकृया अनुसार आफुहरु अघि बढ्ने जानकारी दिनुभयो ।

प्राध्यापक भर्नामा समानुपातिक बनाएका छौ, भर्नामा त्यस्तै व्यवस्था गरेका छौ तर क्याम्पस प्रमुखनै महिला हुनुपर्छ भन्ने विषयमा कुनै व्यवस्था नभएको उहाको तर्क थियो ।

स्वायत्ततामा गैसकेको क्याम्पसमा महिलानै प्रमुख चाहिन्छ भनेर आन्दोलन चर्काउनु गलत प्रवृति भएको उहाको भनाई थियो । त्रिविका रेक्टर प्राडा सुधा त्रिपाठीले क्याम्पस व्यवस्थापन समितिले क्याम्पस प्रमुखको लागि तीनजनाको नमा सिफारिस गरेपनि कस्लाई प्रमुख नियुक्ति गर्ने भन्ने अधिकार त्रिविलाई भएको बताउनुभयो ।

उहाले पद्मकन्या क्याम्पसमा महिलाई क्याम्पस प्रमसख बनाउन नमिल्ने भन्ने होइन, तीन मध्य एक महिलालाई सिफारिस गर्न पनि सकिन्छ । उहाले एउटा क्याम्पसको समस्या सामाधान नगर्नाले देशैभरका महिला शिक्षकहरु आन्दोलन गर्न लागेको बताउनुभयो ।

उहाले भन्नुभयो–सिफारिस गरेको मध्य एक नम्बरको लाई मात्र छनौट गर्नुपर्छ भन्ने छैन, तीन मध्य एक जनालाई छनौट गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । लामो समय अनुभव हासिल गरेको महिलालाई क्याम्पस बनाउदा त्रिविलाई कुनै समस्या नपर्ने उहाको धारणा थियो ।

तर उपकुलपति प्राडा खनियाले सिफारिस समितिले सिफारिस गरेका मध्य पहिलो नम्बरलाई क्याम्पस प्रमुख बनाउनुपर्ने धारणा राख्नुभयो ।
भन्नुभयो–समितिले जस्को नाम एक नम्बरमा सिफारिस गरेको छ ,त्यसैलाई प्रमुख बनाउन सकिन्छ । उहाले विधिलाई टेकेर मात्र आन्दोलन गर्न सबै महिला शिक्षकलाई आब्हान गर्नुभयो ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया