Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

तीन महिनापछि महोत्तरीका विद्यालय सञ्चालनमा 

बुधबार, १८ कार्तिक २०७२

काठमाण्डौँ, १८ कात्तिक । करिब तीन महिनादेखि बन्द रहेका महोत्तरीका केही निजी तथा सामुदायिक विद्यालय दशैँपछि सञ्चालनमा आएका छन् ।  जिल्ला का उत्तरवर्ती एवम् पश्चिमीवर्ती क्षेत्रमा रहेको गौशाला, हात्तीलेट, लक्ष्मिनियाँ, भरतपुर, सुन्दपुर, विजलपुरालगायत आधा दर्जनभन्दा बढी गाविसका अधिकांश निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । 

गत साउन २५ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको आग्रहमा बन्द भएका जिल्लाका अधिकांश विद्यालय पछिल्ला समयमा क्रमिकरुपमा निर्वाध रुपले सञ्चालनमा आएका हुन् । यस शैक्षिक सत्रका आधाभन्दा बढी समय आन्दोलन र भूकम्पका कारण शिक्षाबाट वञ्चित रहेका कलिला बालबालिकाले विद्यालय जान पाएका थिएनन् ।  

यता जिल्ला सदरमुकाम जलेश्वर तथा दक्षिणवर्ती भेगका विद्यालय भने अहिले पनि बन्द रहेकाले लाखाँैँ विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

(रासस) 

 

प्रतिक्रिया