काठमाडौं २४ फागुन / शिक्षा क्षेत्रलाई अगाडी बढाउन सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । तीन तहका सरकारबीच आ- आफ्नै किसिमले अगाडी बढेको भान हुँदा शिक्षा क्षेत्र कस्को मातहत रहने भन्ने द्धिविधा बढेपछि हुम्लाका जनप्रतिनिधिहरु यस्तो आग्रह गर्नु भएको हो ।
शिक्षा क्षेत्रमा देखिएको नीतिगत अन्यौलताले गर्दा गाउँपालिकाले चाहेर पनि केही गर्न नसकिए पछि शिक्षा क्षेत्र अगाडी बढाउन तीनै तहको समन्वय र सहकार्य गर्न सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले आग्रह गर्नु भएको हो । विकास जनताको लागि गर्ने हो । सबैको जुगाको लडाईको कारण भोलीको पिढी भड्खालोमा पर्ने तर्फ संकेत गर्दै त्यसतर्फ सचेत रहन उहाँले आग्रह गर्नु भएको हो । स्थानीय सरकारहरुले शिक्षा क्षेत्र मात्र होईन अन्य क्षेत्रको विकासका लागि पनि प्रदेश र संघीय सरकारसंग समन्वयको प्रयास पटक पटक गर्दा पनि खासै परिणाम आउन नसकेको उहाँले बताउनु भयो ।
नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र त्यस अनुसार तीन सरकार पनि संचालनको अवस्था भए पनि अहिले आएर घुमाई फिराई संघीय सरकारले पनि आफु जुन रुपमा भए पनि जिवित रहने, स्थानीय सरकारको विश्वास नभएको जस्तो जुन व्यवहार देखाएबाट समस्या खडा भएको उहाँले दुखेसो व्यक्त गर्नु भयो । त्यसले भोली द्धन्द्ध निम्त्याउने चिन्ता उहाँले जनाउनु भएको छ । स्थानीय सरकारले शिक्षा क्षेत्रका लागि गरेका प्रयासमा भाँजो हाल्ने कार्य नगर्न हुन सबैमा अनुरोध गर्नुभयो ।
गोरखापत्रबाट
प्रतिक्रिया