Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कञ्नपुरको पिलरीफाँटामा प्रौढ कक्षा सञ्चालन

बुधबार, १८ कार्तिक २०७२

काठमाडौ, १८ कात्तिक । निरक्षर रहेका महिलालाई साक्षर गराउन कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका अन्तर्गत पर्ने पिलरीफाँटामा प्रौढ कक्षा सञ्चालन गरिएको छ । दलित सामुदायिक विकास मञ्च कञ्चनपुरको सहयोगमा प्रौढ कक्षा सञ्चालन गरिएको हो । प्रौढ कक्षामा १५ वर्षदेखि ७० वर्षसम्मका ३० जना महिलाको सहभागिता रहेको छ । 

सरकारी पहुँच नपुगेका क्षेत्रका निरक्षर महिलालाई साक्षर गराई समूह निर्माण गरी बचत सङ्कलन गर्न लगाई आयआर्जनका कार्यक्रमका माध्यमबाट आत्मनिर्भर बनाउन प्रौढ कक्षा सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक सिवी लुहारले बताए । प्रौढ कक्षामा सहभागी ६० वर्र्षीय बेलपती गडालले कक्षामा सहभागी भएपछि घरायसी हिसाब किताब, लेखपढ गर्नसक्ने भएको बताए ।  

कक्षामा सहभागी हुनुअघि पढ्न लेख्न सिकेका थिएनन् उनले भने “कक्षामा सहभागी भएपछि पढ्न लेख्न सिकेपछि घरमा रहेका बालबालिकालाई समेत पढाउन सक्ने भएको छु ।”  मञ्चले समाजमा पिछडिएका, विपन्न महिलालाई समेटी प्रौढ कक्षा सञ्चालन गर्दैआएको छ । हालसम्म झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा गरी १३ वटा प्रौढ कक्षा सञ्चालन गरिसकेको मञ्चका अध्यक्ष उत्तम ओडले बताए । 

(रासस)

प्रतिक्रिया