काठमाडौं २१ फागुन / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपिया माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतिर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो ।
शिक्षा तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको संख्यसहित बजेट माग गरेको थियो । तथ्याङकअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकास पाउने भएका छन् । प्राथमिक तहका २० हजार ४ सय७५ शिक्षकले अवकास पाउने भएका हुन् ।
केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङक संकलन गरेको छ । प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेका छन् । आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार ८ सय ३५ छ ।
मावि तहमा सुविधाको लागि निवेदन दिने शिक्षकको संख्या १ हजार २ सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या १ हजार ९ सय ६० गरी ३ हजार २ सय १९ मावि शिक्षकले सुविधासहित बिदा पाउने भएका छन् ।
निमावि तहमा सुविधाको लागि आवेदन दिने शिक्षकको संख्या १ हजार ६ सय ६५ रहेका छन् । निवाविमा आयोगको परीक्षामा असफल हुने शिक्षकको संख्या २ हजार ३ सय ९२ रहेको छ । निमावि तहमा ४ हजार ५७ जना शिक्षकले अवकासको सुविधा पाउने भएका छन् ।
केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको तथ्याङ्कअनुसार मावि तहका सबै शिक्षकलाई अवकास दिन १ अर्ब ३९ करोड, निमावि तहका लागि १ अर्ब ४४ करोड र प्रावि तहका लागि ६ अर्ब ७२ करोड रुपिया लाग्ने उल्लेख गरेको छ ।
केन्द्रका महानिर्देशक वावुराम पौडेलले २७ हजार ७ सय ५१ शिक्षकका लागि १० अर्ब रुपिया लाग्ने अनुमान गरी मन्त्रालयमा पेश गरेको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो–तथ्याङक सहित रकम माग गर्दै शिक्षा र अर्थ मन्त्रालयमा फाइल पेश गरेका छौ । उहाका अनुसार अर्थ मन्त्रालयले अस्थायी शिक्षक अवकास भएपछि लाग्ने रकममध्ये ५ अर्ब २५ करोड विनियोजन गरेको छ । अर्थले अवकास भएका अस्थायी शिक्षकलाई रकम दिदै जानुस अपुग भएपछि दिने गरी व्यवस्था गरिने जानकारी गराएको बताउदै महानिर्देशक पौडेलले भन्नुभयो–अर्थले अवकास भएका शिक्षकलाई विदा गर्न एकैपटक रकम दिन नसक्ने स्पष्ट पारेको छ ।
केन्द्रले तथ्याङक संकलन गरी मन्त्रालयमा पेश गरेलगत्तै अवकास भएका शिक्षकलाई विद्यालय शिक्षा किताबखानाले रकम दिने भएको छ । मन्त्रालयका मातहतमा रहेको शिक्षा समन्वय इकाईले देशैभरबाट अवकास पाउने अस्थायी शिक्षकको तथ्याङक संकलन गरी किताबखानामा पठाउने क्रमलाई तीव्रता दिएको छ ।
कसैको पनि विवरणपछि फरक नपर्ने गरी किताबखानामा पठाउन सबै इकाईलाई निर्देशन दिइसकेको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । केन्द्रले तथ्याङ्क संकलन गरे पनि शिक्षक सेवा आयोगले परीक्षामा सम्मिलित अस्थायी शिक्षकको परीक्षाबाट स्थायी शिक्षकको परीक्षाफल प्रकाशित गर्ने क्रम जारी रहेकोले तत्काल अवकास बराबरको रकम दिने निर्णय भएको छैन ।
आयोगले सार्वजनिक गरेको तथ्याङकअनुसार १६ हजार ५ सय ३२ प्रावि शिक्षक मध्य ११ हजार ४ सय ९९ शिक्षक अन्तवार्तामा सहभागी हुनेछन । निमाविमा ३ हजार ३ सय ३४ मध्य २ हजार १ सय ३ र मावि तहमा २ हजार ३ सय १० मध्य १ हजार ७ सय ४ जना अन्तर्वार्तामा सहभागी हुनेछन् ।
तीमध्ये कति शिक्षक अनुतिर्ण हुनेछन । उनीहरु सबैलाई अवकास दिने व्यवस्था सरकारले गरेको छ । अवकास पाउने अस्थायी शिक्षकले संचयकोष र औषधी उपचार बाहेक स्थायी शिक्षक सरह सबै सुविधा पाउने भएका छन् ।
नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
प्रतिक्रिया