Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

तराईका विद्यालय छठपछि खुल्ने !

बुधबार, १८ कार्तिक २०७२

काठमाडौँ, १८ कात्तिक । तराईका विद्यालय बन्द भएको तीन महिना पुग्न लागेको छ। तर नवनियुक्त शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अबको १२ दिनपछि तराईका विद्यालय खोल्ने दाबी गरेका छन् । 

उनले २ नम्बर प्रदेशका ८ जिल्लामा बन्द रहेका विद्यालयहरु छठपछि खुल्ने दाबी गरेका हुन् । छठ मंसिर १ गते परेको छ। मंगलबार मन्त्रालयमै मन्त्री पोखरेलले मधेसी मोर्चाका नेताहरुसंग विद्यालय खोल्नेबारे कुराकानी भइरहेको भन्दै यस्तो दाबी गरेका हुन् । 

एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने भएपनि तराईमा ८२ दिन यता विद्यालय बन्द छन् । यो बन्द कायमै रहे यो शैक्षिक सत्र नै प्रभावित हुने सम्भावना पनि बढेको छ । शिक्षामन्त्री पोखरेलले जसरी हुन्छ बाँकी समयमा पाठ्यक्रम सकाउने गरी पठनपाठन गर्न प्रयास गर्ने पनि जिकीर गरेका छन् । 

उनले आगामी बर्षबाट पाठ्यपुस्तकको अभाव हुन नदिन जनक शिक्षा सामग्री र साझा प्रकाशनलाई  निर्देशन दिइसकेको पनि दाबी गरे ।  उनले यस बर्ष एसएलसी परिक्षा दिने विद्यार्थीलाई कोचिङ दिनका लागी क्षेत्रीय निर्देशकसंग कुराकानी भइरहेको पनि दाबी गरेका छन् । 

मोर्चाका नेतासंगको कुराकानीमा तराईका विद्यालय खुलाउन विहानी शिफ्ट ६ देखि ११ बजेसम्म विद्यालय खुल्न दिन आग्रह गरेका पनि बताइएको छ ।

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा रुवी रौनियारले समाचार लेखेका छन्।) 

प्रतिक्रिया