Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

निजी विद्यालयको अनुगमन !

आइतबार, ०६ असार २०७२

काठमाडौं ६ असार / निजी विद्यालयले लिने शुल्कका बारेमा शिक्षा विभागले अनुगमन शुरु गरेको छ । मनलाग्दि शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थी संगठन संग गत वैशाख ६ गते भएको सहमती कार्यान्वयन गर्न अनुगमन शुरु भएको हो ।

पहिलो चरणमा आईतबार काठमाण्डुमा दुई टोली र सोमबार ललितपुरमा सात टोली बनाएर अनुगमन हुने भएको छ । भूकम्पका कारण पठन पाठन नभएको अवधिको शुल्क मिनाह भए पनि विद्यालयहरुले भूकम्पले क्षती पुर्याएको संरचना बनाउन अभिभावकसंग पैसा उठाउन थालेको खबर सार्वजनिक भईसकेको छ ।

'अनुगमन हाम्रो नीयमित प्रकृया हो, सोही अनुसार काम गरिरहेका छौं' विभागका निर्देशक खगेन्द्र नेपालले भने, 'अनुमगनका क्रममा अनियमितता फेला परे कानून अनुसार कारवाहि हुन्छ ।'

आफूहरुसंगको सहमती कार्यान्वयन नभएको भन्दै विद्यार्थी संगठनहरुले हड्ताल सम्म गर्ने चेतावनी दिएपछि शिक्षा मन्त्रालयले उक्त सहमती कार्यान्वयन गर्ने गरी फेरी प्रतिवद्धता जनाएको थियो ।

'अनुगमन के कसरी हुन्छ नजिकबाट हेरीरहेका छौं' नेविसंघका प्रवक्ता यूपी लामिछानेले भने, 'शिक्षाका नाममा ब्यापार गर्नेहरुलाई कारवाहि र अभिभावक तथा विद्यार्थीका लागि लडिरहने छौं ।'

प्रतिक्रिया