Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

तराईका विद्यालय बन्द भएको ८२ पुग्यो 

बुधबार, १८ कार्तिक २०७२

काठमाडौँ, १८ कात्तिक । तराई आन्दोलनसंगै त्यस क्षेत्रका विद्यालयहरु ८२ दिनदेखि बन्द रहेका छन् । विद्यालयलाई बन्द हड्तालमुक्त गराउन नसक्दा लाखौँ विद्यार्थीको भविष्यमाथी खेलवाड भइरहेको छ। 

बन्दले एकातिर विद्यार्थी विद्यालय जान पाएका छैनन् भने अर्कातिर उनीहरुमा पनि नकारात्मक मनोवैज्ञानिक  असर परिरहेको छ। । ३ दलले १६ बुँदे सम्झौता गरी संविधान जारी गर्ने तयारी गरेलगत्तै मधेसकेन्द्रित दलहरुका आन्दोलनमा उत्रिएका थिए । 

आन्दोलन जारी रहेकाले विद्यालय कहिले खुल्ने हुन भन्ने अझै पनि टुंगो छैन् । १ शैक्षिक सत्रमा २२० दिन विद्यालय खुला हुनुपर्ने व्यवस्थाा छ। त्यसैगरी विद्यालयमा १सय ९२ दिन अनिवार्य रुपमा पढाउनुपर्ने हुन्छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल राजनीतिक रुपमा समस्याको समधान नभएकाले मन्त्रालयले विकल्प दिएपनि त्यो कार्यान्वयन हुन कठिनाई रहेको बताउछन् । बन्दले गर्दा तराईका विद्यालयमा एकचौथाई मात्र कोर्समात्र पढाई भएको छ। परिक्षा नजिक आउनै लाग्दा विद्यालय नखुल्दा शिक्षक र विद्यार्थीलाई निकै चिन्तित बनाएको छ। 

 

(आजको कारोबार दैनिकको प्रथम पृष्ठमा प्रकाशित समाचार)

प्रतिक्रिया